क्रोएसिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा पक्राउ


काठमाडौं । प्रहरीले क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका-२० स्थायी ईर भई हाल काठमाडौं महानगरपालिका-१० बस्‍दै आएका ३६ वर्षीय उत्सव दाहाल रहेका छन् ।


उनलाई बिहीबार बालाजुको माछापोखरीबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले अजय वाइवालाई वैदेशिक रोजगारकोलागि क्रोएसिया पठाइदिन्छु भनी २ लाख रकम ठगी गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनलाई कारबाहीको लागि वैदेशिक रोजगार बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..