ससुरा र देवरको हत्या गरेको आरोपमा २६ वर्षकी बुहारीसहित ३ पक्राउ


सिरहा। सिरहाको अर्नामा गाउँपालिका–१ महनौरका सन्तकुमार पालको ११ जेठका लागि विवाह तय भएको थियो । तर १९ वर्षीय सन्तकुमार र उनका बुवा चन्द्रदेव पालको ८ जेठको राति उनीहरु सुतिरहेकै ठाउँमा हत्या भयो ।


गोठभित्रको खाटमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहारबाट उनीहरुको हत्या भएको थियो । उनीहरुको हत्यामा सोही विवाह, दाइजो र पारिवारिक झगडा जोडिएको प्रहरीले जनाएको छ ।प्रहरीले बाबु छोराको हत्यामा संलग्नको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोलबजार नगरपालिका–४ का ६५ बर्षीय बेचु पाल, अर्नामा गाउँपालिका–४ कि २६ बर्षीया शान्तिदेवी पाल र अर्नामा गाउँपालिका–१ महनौरका ४८ बर्षीय जनिफ मियाँ छन् । पक्राउ परेकी शान्तिदेवी मृतक चन्द्रदेवकै बुहारी हुन् । प्रहरीले उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको छ ।आफूले भन्दा कम दाइजो लिएर विवाह गर्न लागेको रिसइबीमा हत्या गरेको देखिएको प्रहरीको भनाइ छ ।


विवाहमा सन्तकुमारलाई केटी पक्षले दाइजोस्वरुप १ लाख रुपैयाँ नगद, एउटा मोटरसाइकल र ८ आना सुन दिने सहमति भएको पाइएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले बताए ।

तर सन्तकुमारको विवाह पक्का भएको युवतीसँग गोलबजार बस्ने बेचु पालका छोरा प्रदीको विवाहको कुरा चलेको थियो । त्यतिबेला केटी पक्षले विराटनगरमा घडेरी दिने, घर बनाइदिने र कुनै व्यवसाय सुरु गर्न लगानी गरिदिने प्रस्ताव गरेको देखिएको प्रहरीको भनाइ छ ।तर प्रदीपले विवाह गर्न तयार भएनन् । ‘प्रदीप तयार नभए पनि उनका बुवा बेचुले ठूलो मात्राको दाइजोको लोभमा उनै युवतीसँग विवाह गर्न दबाव दिइरहे’ डीएसपी बुढाथोकीले भने, ‘प्रदीप दबावका बीच पनि विवाह गर्न तयार नभएपछि सन्तकुमारको विहेको कुरा मिलेको थियो ।

बेचुले त्यही रिसइबी लिएको देखिन्छ ।’हत्या आरोपमा पक्राउ परेकी शान्तिदेवी मृतक चन्द्रदेव पालकी बुहारी र सन्तकुमारकी भाउजु हुन् ।चन्द्रदेवकी साइली बुहारी शान्तिदेवी गोलबजारमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । उनका श्रीमान् वैदेशिक रोजगारीमा रहेको र सासु ससुरासँग सम्बन्ध राम्रो नभएको प्रहरीको भनाइ छ ।११ जेठमा हुन लागेको सन्तको विवाहमा पनि सासु ससुराले उनलाई बोलाएका थिएनन् ।

‘तिमी बिहेमा आयौ भने छिमेकीहरु आउँदैनन् त्यसैले तिमी बिहेमा नआउनु बच्चाहरुलाई मात्र पठाउनू भनेर सासु ससुराले भनेका रहेछन्’ डीएसपी बूढाथोकीले भने, ‘सासु ससुराले बुहारीलाई अंश समेत नदिने, खर्च पनि नदिने र माइतीबाट ल्याएको चाँदीको गरगहना समेत नदिएकोले शान्ति देवी पाललाई रिसइबी बढेको देखिन्छ ।’हत्याको संलग्नतामा पक्राउ परेका जनिफ मिया शान्तिदेवीको चिनजानका व्यक्ति हुन् ।

जेठ पहिलो साता गोलबजारमा शान्तिदेवी, जनिफ र बेचुबीच भेट भएको प्रहरीको भनाइ छ । डीएसपी बुढाथोकीका अनुसार त्यही भेटमा चन्द्रदेवको हत्याको योजना बनेको थियो ।यो योजनामा आफ्नो रिसइबी साँध्न बेचु पाल पनि तयार देखिए । ‘शान्तिदेवीले काम गरेर आउनुस्, पैसा दिन्छौं भनेपछि बेचु यसका निम्ति तयार देखिए’ बुढाथोकीले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

एसएसपी अधिकारीको कमान्डमा खटिएको प्रहरी टोलीद्वारा कारागारबाट फरार जबरजस्ती करणी मुद्दाका प्रतिवादी पक्राउ

एसएसपी अधिकारीको कमान्डमा खटिएको प्रहरी टोलीद्वारा कारागारबाट फरार जबरजस्ती करणी मुद्दाका प्रतिवादी पक्राउ

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा कारागार कार्यालय कास्कीमा भएको तोडफोड तथा आगजनीपछि फरार भएका जबरजस्ती करणी मुद्दाका एक प्रतिवादीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। कारागारमा..