मनोज पाण्डेविरुद्ध तीन युवतीद्वारा बलात्कारको आरोप

काठमाडौं । प्रहरी हिरासतमा रहेका सौन्दर्य प्रतियोगिता आयोजक मनोज पाण्डेविरुद्ध एक युवतीले बलात्कार गरेको आरोप लगाएका छन् भने दुई युवतीले ‘बलात्कार प्रयास’को आरोप लगाएका छन् ।

२०१४ मा ‘मिस ग्लोबल इन्टरनेशनल’ नामक सौन्दर्य प्रतियोगीता आयोजना गरेका मनोजले प्रतियोगीतामा सहभागीलाई बलात्कार गरेको आरोप लागेको छ । बलात्कारमा परेका युवतीले सामाजिक संजालबाट मनोजले बलात्कार गरेको आरोप लगाएपछि मनाेज सनिबार पक्राउ परेका थिए ।


प्रहरी हिरासतमा रहेका पाण्डेविरुद्ध बलात्कारसम्बन्धी थप दुई आरोप लागेको छ । आइतबार दुई युवतीले मनाेजले बलात्कार गर्ने प्रयास गरेको आरोप लगाएका हुन् ।दुई युवतीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सम्पर्क गरेर आफूपनि मनोजबाट पीडित भएको बताएका छन् ।


अपराध अनुसन्धान कार्यालयका अनुसार सम्पर्कमा आएका दुईजना पीडितले मनोजले ‘बलात्कार प्रयास’ गरेको दावी गरेका हुन् ।बुधबार साँझ बलात्कारमा परेका युवतीले भिडियो सार्वजनिक गरेपछि कारवाहीको माग गदै दैनिकजसो प्रदर्शन भइरहेको छ ।

यसैक्रममा मनोजलाई प्रहरीले सनिबार पक्राउ गरेको थियो ।बलात्कार आरोपबारे अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..