हत्या आरोपी २५ वर्षीय मुण्डा तीन वर्षपछि पक्राउ

काठमाडौं । कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगका फरार अभियुक्तलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ । पक्राउपर्नेमा काठमाडौँको नैकाप बस्ने सिन्धुलीको कमलामाई नगरपालिका–१० का २५ वर्षीय मुण्डा भन्ने सरोज सुन्दास रहेका छन् ।

काठमाडौँ महानगरपालिका–३२ तिनकुनेस्थित गैरीगाउँको पेट्रोलपम्प नजिक महेश परियार, मनिष बानियाँ र सरोज सुन्दाससमेतले २०७५ मङ्सिर ८ गते चक्कु प्रहार गरी बिक्की थेबे लिम्बुको हत्या गरेको र अनिल श्रेष्ठलाई गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।

घटनापश्चात् फरार रहेका सुन्दासलाई नैकापमा लुकिछिपी बसिरहेको भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरी कानूनी कारवाही अघि बढाएको आज एक सूचना जारी गरी जनाइएको छ ।

उक्त घटनामा संलग्न महेश परियार र मनिष बानियाँलाई घटना भएकै दिन काठमाडौँको तारकेश्वर नगरपालिका–१ साङ्लाबाट नियन्त्रणमा लिइ जिल्ला अदालत काठमाडौँको फैसलाले जन्म कैद सजाय भोगिरहेका छन् । सुन्दासलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत काठमाडौँ पठाइएको जनाइएको छ ।

कछुवासहित पक्राउ

यसैबीच काठमाडौँ–७ चाबहिलस्थित खोटाङ हलेसी गेष्ट हाउसबाट सुनौलो रङको कछुवासहित साँखु बस्ने कीर्तिपुर नगरपालिका–८ घर भएका २३ वर्षीय आशिष थापा घर्ती पक्राउ परेका छन् ।

चाबहिल क्षेत्रमा दुलर्भ वन्यजन्तु कछुवा अवैधरुपमा ल्याइ रु २० लाखा कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा उक्त कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जाँच गर्ने क्रममा घर्तीको साथमा रहेको झोलाबाट उक्त कछुवा फेला पारिएको थियो । उनलाई आवश्यक कारबाहीका लागि आजै डिभिजन वन कार्यालय हात्तिसार पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..