खैरो हेरोइन ‘किनबेच विवाद’ मा अपहरण

काठमाडौं । सिनामंगलस्थित नोबल अस्पताल अगाडिको सडकबाट युवक अपहरण गरेको सुचना प्रहरी कन्ट्रोलमा आयो । सो सूचनाको आधारमा बिहिबार साँझ पुरानो बानेश्वरबाट बा.१६ च ४७७३ नम्बरको स्कर्पियोमा सवार ५ जनालाई प्रहरीले नियन्त्रणमा लियो । अपहरित युवक सो स्कर्पियोमै भेटिए ।

अपहरणमा संलग्न आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । बिहिबार साँझ उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । पक्राउ पर्नेमा सुर्खेत घर भएका निरज केसी, चितवन घर भएका सौजन्यसिंह ठकुरी, भक्तपुर घर भएका आशिष कोजु, रुकुम पश्चिम घर भएका शिव सज्जन वली र सिन्धुपाल्चोकका सन्तोष न्यौपाने छन् ।

लागु औषध किनबेच गर्नेबारे विवाद हुँदा उनीहरुले युवकलाई अपहरण गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । अपहरित युवक पनि लागुऔषध प्रयोगकर्ता हुन् । ५ जनाले उनलाई खैरो हेरोइनको ‘डिलर’ देखाउन आग्रह गरेको तर, ति युवकले नमाने पनि उनीहरुले जबर्जस्ती गाडीमा राखेका थिए ।

सो दृश्य देखेर स्थानीयले प्रहरी कन्ट्रोलको १०० नम्बरमा खबर गरेका हुन् ।​ आरोपी बिरुद्ध मुलुकी अपराध संहिता–२०७४ अनुसार अपहरण गर्न नहुने कसुरमा ५ दिनको म्याद लिएर प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको एसपी मैनालीले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..