लागूऔषधसहित चार जना पक्राउ


महोत्तरी । इलाका प्रहरी कार्यालय बर्दिबासले लागूपदार्थसहित चार जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा बर्दिबासबाट खटिएको प्रहरी टोलीले बिहीबार बर्दिबासस्थित सेन्टर पोइन्ट बोर्डिङ स्कुल नजिकैबाट चार जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा बर्दिबास-१४ बस्ने २३ वर्षीय दिनेश साह, सोही ठाउँ बस्ने २३ वर्षीय पोटा भन्ने रामबाबु महतो र चाकु भन्ने जित बहादुर पूर्वछाने रहेका छन् ।


उनीहरूको साथबाट प्रहरीले प्रतिबन्धित नाइट्रोभेट(१० लेखिएको एक पत्तामा ३० चक्कीको दरले चार पत्तामा १२० चक्की, पत्ता काटिएको सानो टुक्रामा २ चक्की गरी जम्मा १२२ चक्की बरामद गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

उनीहरूलाई जिल्ला अदालत महोत्तरीबाट सात दिनको म्याद थप गरी प्रहरी हिरासतमा नै अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख रवि रावलले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..