श्रीलंकामा औषधिको चरम अभाव

एजेन्सी । चरम आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा औषधिको अभाव हुन थालेको छ । बिरामीका लागि अत्यावश्यक कतिपय औषधिको अभाव हुन थालेको त्यहाँस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

समाचार संस्था एएफपीका अनुसार श्रीलंकाका स्वास्थ्य अधिकारीले तत्काल औषधि र स्वास्थ्य उपकरणको व्यवस्थापनमा जुट्न सरकारलाई आग्रह गरेका छन् । छिमेकी तथा सहयोगी देशसँग सहयोग माग गर्न पनि उनीहरुको सुझाव छ । दक्षिण एसियाली देश श्रीलंकामा आर्थिक संकटका कारण औषधिसहित अरु अत्यावश्यक वस्तु तथा सेवाको पनि अभाव चुलिएको छ । मूल्यवृद्धि अत्याधिक भएको छ । अभाव र मूल्य वृद्धिको विरोधमा नागरिकले आन्दोलन गरिरहेका छन् ।

आन्दोलनका कारण राजनीतिक संकट पनि थपिएको छ । तत्कालीन सबै मन्त्रीले राजीनामा दिएपछि अहिले केही नयाँ मन्त्री नियुक्त गरेर सरकार सञ्चालन भइरहेको छ । तर, प्रभावकारी काम भने हुन सकेको छैन । सरकारले समस्या समाधान गर्न ठोस कदम चाल्न नसकेको भन्दै आलोचना हुँदै आएको छ । प्रधानमन्त्री महिन्दा राजापाक्षेले प्रदर्शनकारीलाई वार्तामा आउन यसअघि आग्रह गरेका थिए । तर, वार्ता हुन सकेको छैन ।

मंगलवार मात्रै श्रीलंकाले विदेशी ऋण भुक्तानीमा अस्थायी रोक लगाएको छ । ऋण तिर्नका लागि प्रयोग हुने विदेशी मुद्राले केही समयका लागि औषधि, इन्धन, खाद्यान्नलगायतका वस्तु खरिद गर्न सक्ने गभर्नर पी. नन्दलाल विरासिङ्घेले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

एसएसपी अधिकारीको कमान्डमा खटिएको प्रहरी टोलीद्वारा कारागारबाट फरार जबरजस्ती करणी मुद्दाका प्रतिवादी पक्राउ

एसएसपी अधिकारीको कमान्डमा खटिएको प्रहरी टोलीद्वारा कारागारबाट फरार जबरजस्ती करणी मुद्दाका प्रतिवादी पक्राउ

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा कारागार कार्यालय कास्कीमा भएको तोडफोड तथा आगजनीपछि फरार भएका जबरजस्ती करणी मुद्दाका एक प्रतिवादीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। कारागारमा..