नेपाली सेनाद्धारा सशस्त्र प्रहरी बललाई हतियार हस्तान्तरण


काठमाडौं । नेपाल सरकार (मन्त्रिपरिषद्) को मिती २०७८ चैत्र २४ गतेको निर्णयानुसार नेपाली सेनाले सशस्त्र प्रहरी बल नेपाललाई १० हजार ६ सय नाल हतियार हस्तान्तरण गर्ने भएको छ ।


जंगी अड्डामा आईतबार आयोजित एक कार्यक्रमका बीच प्रधानसेनापति महारथी प्रभूराम शर्माले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई कुल ईन्सास राईफल ९ हजार तथा लाईट सपोट वेपन (एल.एस.डब्ल.) १६ सय नाल गरी जम्मा १० हजार ६ सय नाल हतियार मध्ये आईतबार पहिलो चरणमा ईन्सास ५ सय तथा लाईट सपोट वेपन ९० नाल हस्तान्तरण गर्नुभएको हो ।


कार्यक्रममा स्वागत मन्तब्य राख्नुहुँदै उपरथी असोकराज सिग्देल क्षेत्रीले यसबाट सुरक्षा निकायबीचको सम्बन्ध थप सुमधुर हुने र सशस्त्र प्रहरी बल, नेपालको क्षमता अभिबृद्धिमा समेत सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।


कार्यक्रममा नेपाली सेनाको तर्फबाट हतियार तथा नियन्त्रित उपकरण व्यवस्था निर्देशनालयका महासेनानी पूर्ण प्रसाद ढकाल र सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट का.मु. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनाले हतियार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।


उक्त हतियार रक्षा सचिब किरणराज शर्मा तथा गृह सचिब टेकनारायण पाण्डेको उपस्थितिमा हस्तान्तरण भएको हो । कार्यक्रममा नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्की, बलाध्यक्ष रथी सरोज प्रताप राणा तथा सशस्त्र प्रहरी अतिरीक्त महानिरीक्षकद्धय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपालका उच्च अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..