गोली हानी हत्‍या गरेको आरोपमा एकजना पक्राउ


धनुषा। प्रहरीले युवकलाई गोली हानी हत्‍या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धनुषा हंसपुर नगरपालिका ७ नौवाखोर बस्ने २० वर्षीय मनोज महरा रहेका छन् ।

महराले चैत २३ गते साँझ ७ बजे घुम्‍न जाने बहानामा १८ वर्षीय विजय रामको गहुँ बारीमा हत्‍या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका जितेन्द्र कुमार बस्नेतले बताए ।

अनुसन्धानका क्रममा पंकज मण्डलको सर्ट त्यहाँ भेटिएको मृतकका बुवाले सनाखत गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि महरालाई ज्यानसम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा म्याद थप गरि अन्य अनुसन्धान कार्य भईरहेको छ भने घटनामा संलग्न अन्य दुई जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..