कैद सजाय पाएका व्यक्ति साढे ७ वर्षपछि पक्राउ

वीरगञ्ज । प्रहरीले बम विस्फोट र कर्तव्य ज्यान मुद्दामा २० वर्षको सजाय पाएका एक व्यक्तिलाई साढे ७ वर्षपछि पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका-२१ पटेलनगर घर भएका ४० वर्षीय रवीन्द्र पटेल पक्राउ परेका हुन् ।

२०६४ साल भदौ ९ गते सखुवा प्रसौनी गाउँपालिका–५ (तत्कालिन महुवन गाविस–३) घर भएका ४५ वर्षीय कुचन साह कानु र २०६५ साल असोज ३ गते जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत मोहन मैनालीको गोली हानी हत्या भएको घटनामा सलंग्न रहेको अरोप उनीमाथि लागेको थियो ।कर्तव्य ज्यान मुद्दामा पर्सा जिल्ला अदालतले २०७१ साल असार १७ गते पटेललाई दोषी ठहर गर्दै १९ वर्ष ११ महिना २२ दिनको कैद सजाय सुनाएको थियो ।


पटेललाई प्रहरीले वीरगञ्ज-१४ गण्डकबाट बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।२०६६ साल जेठ १३ गते प्रो–बायोटेक प्रालि उद्योगमा कार्यरत प्रशासकीय अधिकृत सोचन प्रसाद यादव माथि भएको बम प्रहारको घटनामा उनको संलग्नता पुष्टि भएको प्रहरी नायब उपरीक्षक खनालले बताए ।

पटेललाइ जिल्ला अदालतमा पेश गरी सजाय भुक्तानका लागि वीरगञ्ज कारागारमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..