बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त सिआईबीको नियन्त्रणमा


काठमाडौं । बैंकिङ कसूर मुद्दामा एकजना फरार अभियुक्तलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको छ ।


स्याङ्जाको आँधसखोला गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्दै आएका ५२ वर्षीय काजी गुरूङलाई सोमबार सीआईबीको टोलीले पक्राउ गरेको हो ।

उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूरमा दोषी ठहर गर्दै ६ दिन कैद सजाय र ४० लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।गुरूङले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी-जानी एभरेष्ठ बैंकको चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।

सामाखुसीमा लुकिछपी बसिरहेको अवस्थामा गुरूङलाई पक्राउ गरी फैसला कार्यान्वयनाका लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..