बहुविवाह मुद्दामा सजाय पाएका दुई जना पक्राउ


झापा। बहुविवाह मुद्दाका फरार २ जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा दमक नगरपालिका-४ बस्ने हल्दीबारी गाउँपालिका-३ घर भएका ३२ वर्षीय सन्तोष नेपाली र सोही ठाउँ बस्ने २५ वर्षीया गंगा माया नेपाली रहेका छन् ।


पक्राउ परेकामध्ये सन्तोष नेपालीलाई जिल्ला अदालत झापाको २०६८ वशाख १४ गतेको फैसलाले बहुविवाह मुद्दामा २ वर्ष कैद र २५ हजार रूपैयाँ जरिवाना तथा गंगामाया नेपालीलाई १ वर्ष कैद र १० हजार रूपैयाँ जरिवाना सजाय ठहर भएको थियो ।

उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..