त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका सञ्चालक उपाध्याय यूएईमा पक्राउ


काठमाडौं । रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा नेपालीलाई यूएई पठाउने कार्यमा संलग्न रहेको आरोपमा त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका सञ्चालक कोमलराज उपाध्याय यूएईमा पक्राउ परेका छन् ।


त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका सञ्चालक उपाध्यायले नेपालीलाई यूएईमा अलपत्र पारेको र ठगी गरेको उजुरी परेको थियो । सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जानकारी त्यहाँको प्रहरीले नेपाली दूतावासलाई गराएको छ ।

यूएई भ्रमणका क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र यूएईका मानव संशाधनमन्त्रीबीच यूएईमा अलपत्र परेका नेपालीहरुको समस्या समाधान गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउने विषयमा सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..