पल शाहलाई आफ्नै बयान बन्यो थुनामा पठाउने आधार

काठमाडौं । नावालिगलाई गरेको आरोपमा पक्राउ परेका कलाकार पल शाह (पूर्वाविक्रम शाह) जेल चलान भएका छन् । तनहुँ जिल्ला अदालतले मुद्दाको पुर्पक्षका लागि शाहलाई जेल चलान गर्ने आदेश दिएको हो ।

बलात्कार आरोपमा जाहेरी परेपछि शाह गत फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गर्दै  जिल्ला प्रहरी कार्यालय, तनहुँमा उपस्थित भएका थिए । १६ वर्षभन्दा कम उमेरकी नावालिगलाई बलात्कार गरेको पाइएको भन्दै शाहलाई १२ देखि १४ वर्षसम्म सजाय माग दाबी गर्दै जिल्ला अदालत तनहुँमा मुद्दा दायर भएको थियो ।

बुधबार सरकारी वकिल र जाहेरवालाको तर्फबाट १० जना कानुन व्यवसायीले बहस गरेका थिए । बिहीबार शाहको तर्फबाट पनि १० जना कानुन व्यवसायीले बहस गरेपछि अदालतले पुर्पक्षमा पठाउने आदेश दिएको हो ।

आदेशमा पलले पीडीतलाई जबरजस्ती करणी गरेको कुरामा पूर्णत : इन्कार गरेको भएता पनि उनले मौकामा गरेको बयान हेर्दा राति १२ बजे पीडितलाई म्यासेज गरी साथीहरुसँग खाइ बाँकी हरेको वियर लिएर पीडितको कोठामा प्रवेश गरेको तथ्यलाई पलले स्वीकार गरेको पाइएको उल्लेख गरिएको छ ।

फैसालामा भनिएको छ,’ एक्लै सुतेकी बालिकाको कोठामा राति १२ बजेतिर प्रवेश गर्नु पर्ने कुनै औचित्यता प्रतिवादीले देखाउन सकेको पाइएन । यसरी राति पीडितको कोठामा प्रवेश गरेको भन्ने प्रतिवादीको स्वीकारोक्ती सोही राति निजले पीडतलाई जबरजस्ती करणी गरेको तथ्यसँग मिल्न भिड्न आएको देखियो।’

पलले बालिकालाई माया प्रेम गर्ने तथा विवाहको झुठो आश्वासन दिइ पहिला पनि पटक पटक जबरजस्ती करणी गरेको भन्ने पीडितले मौकामा व्यक्त गरेको घटना विवरण काजबाट देखिने फैसलामा उल्लेख गरिएको छ ।

https://drive.google.com/file/d/1bDRqBGwrND4BOgUGHlNimV6wI7jddmMj/view

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

एसएसपी अधिकारीको कमान्डमा खटिएको प्रहरी टोलीद्वारा कारागारबाट फरार जबरजस्ती करणी मुद्दाका प्रतिवादी पक्राउ

एसएसपी अधिकारीको कमान्डमा खटिएको प्रहरी टोलीद्वारा कारागारबाट फरार जबरजस्ती करणी मुद्दाका प्रतिवादी पक्राउ

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा कारागार कार्यालय कास्कीमा भएको तोडफोड तथा आगजनीपछि फरार भएका जबरजस्ती करणी मुद्दाका एक प्रतिवादीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। कारागारमा..