नाबालिकामाथि जबरजस्ती करणी गर्ने युवक पक्राउ

वीरगञ्ज । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा वीरगञ्जबाट एक जना व्यक्ति पक्राउ परेका छन्।


पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका-९ विश्रामपुरका ३५ वर्षीय सन्देश महतो कोइरी रहेका छन्।वीरगञ्ज महानगरपालिका-१५ भीष्वा बस्दै आएका कोइरीलाई प्रहरीले सोमबार पक्राउ गरी जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको हो।

प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार ती बालिकालाई कोइरीले आफ्नो डेरामा लैजाँदै करणी गरेको खुलेको छ।‘विवाह गर्ने प्रलोभनमा पारेर कोइरीले नयाँ-नयाँ ठाउँमा घुमाउने भन्दै कोठामा लगेर जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ बस्नेतले भने।

पछिल्लो पटक चैत ६ गते राति १० बजे कोइरीले कोठामा लगेर पुन: करणी गरेको भन्दै अभिभावकले जाहेरी दिएका थिए।जाहेरी परेपछि पक्राउ परेका कोइरीलाई जिल्ला अदालत पर्साबाट पहिलोपटक पाँच दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको बस्नेतले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..