ओलीलाई रेणुको काउन्टर: प्रचण्डको बैशाखीमा दुईचाेटी प्रधानमन्त्री भएकाले ठूलो कुरा नगरे हुन्छ


चितवन। भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ठूलो कुरा नगर्न चेतावनी दिएकी छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् महानगरपालिका प्रमुख दाहालले प्रचण्डको बैशाखीमा दुईचोटी प्रधानमन्त्री भएको भन्दै ओलीलाई ठूलो कुरा नगर्न भन्दै चुनौति दिएकी हुन् । झन्डै दुई तिहाईको सरकार के ओली एक्लैले ल्याएको हो भन्दै रेणुले प्रश्न समेत गरेकी छिन् ।

उनले लेखेकी छिन् – ‘झन्डै दुई तिहाईको सरकार के ओलि एक्लैले ल्याएको हो ? हो भने हामीले साथ छोडिदीदा त सबै गर्ल्यामगुर्लुम ढल्यो त।धेरै नै फुर्ती लाउने ले अब बनायर देखाए भो त। ईतिहासमा दुई पटक प्रधानमन्त्री माओबादी कै सहयोगमा भएकाले ठुला कुरा नगरेकै बेस होला।’

सोमबार चितवन आएका ओलीले सोही दिन एमालेको भरतपुर महानगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्ने क्रममा फेरि मतपत्र च्यात्ने सपना नदेखे हुन्छ भन्दै रेणु दाहालतर्फ संकेत गरेका थिए ।

ओलीले रेणुलाई कांग्रेसले बोकेको, आफूहरूले पनि गल्तीबस् प्रचण्डलाई बोकेको भन्दै अब त्यस्तो गल्ती नहुने बताएका थिए । ओलीले भनेका थिए – ‘म त झुक्किएर दुई-दुई पटक भोट माग्न आएँ । अब त्यो जमना गयो ।’ओलीको यस्तो अभिव्यक्तिपछि रेणुले सामाजिक सञ्जालमार्फत त्यसको जवाफ फर्काएकी हुन् ।

रेणुको स्टाटस यस्तो छ – ‘ओलिलाई भोट माग्न आोलि को क्षेत्रमा ओलि सहित अध्यक्ष क. प्रचण्ड झापा जादा घरमा आमा मात्र तेहि पनि पार्किन्सनको बिरामी भाईको मध्यरातमा अचानक स्वास्थ्यमा समस्या आई दुखद घटना घट्यो।घरमा परिवारका सदस्य कोहि पनि नभएको बेला सबै आआफ्नो चुनाबी मैदानमा बिरामी आमा मात्र घरमा अकालमा उपचार पनि नपाई के थाहा समयमै अस्पताल लैजान पाएको भए भाईको ज्यान जोगीन पनि सक्थ्यो।’

‘यस्तो परिस्थिती बाट माओबादी सॅगको सहकार्यले मात्र ओलि प्रधानमंत्री बनेको, झन्डै दुई तिहाईको सरकार के ओलि एक्लैले ल्याएको हो ?? हो भने हामीले साथ छोडिदीदा त सबै गर्ल्यामगुर्लुम ढल्यो त।धेरै नै फुर्ती लाउने ले अब बनायर देखाए भो त। ईतिहासमा दुई पटक प्रधानमन्त्री माओबादी कै सहयोगमा भएकाले ठुला कुरा नगरेकै बेस होला।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..