प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच ग्लास्गोमा साइडलाइन वार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच स्कटल्याण्डको ग्लास्गोमा साइडलाइन वार्ता भएको छ ।मंगलबार भएको भेटवार्तामा द्विपक्षीय घनिष्ठ सम्बन्धलाई अझै मजबुत बनाउने विषयमा छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।देउवा प्रधानमन्त्री भएपछि मोदीसँग पहिलो औपचारिक भेटवार्ता भएको हो । सोमबार ग्लास्गोमै रात्रिभोजमा दुई नेताबीच जम्काभेट भएको थियो ।

आजको भेटमा जलवायु परिवर्तनको असर र कोभिड-१९ महामारीबारे पनि छलफल भएको बताइएको छ । महामारीविरुद्ध मिलेर काम गर्ने संकल्प दुबै नेताले गरेका छन् ।परराष्ट्र मन्त्रालयका अधिकारीले भेटमा दुबै प्रधानमन्त्रीको भ्रमणका विषयमा पनि भएको जनाएका छन् । पहिले मोदी नेपाल आउने र त्यसलगत्तै देउवा भारत भ्रमणमा जाने विषयमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..