दक्षिणपन्थीका प्रतिनिधि प्रचण्ड,भन्डाफोर गर्न चितवनमा महाधिवेशन : पूर्वगृहमन्त्री बादल

चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दक्षिणपन्थीका प्रतिनिधि भएको आरोप लगाएका छन् ।

परमादेशको भरमा सरकारको नेतृत्व गरेका शेरबहादुर देउवा मुख्य दक्षिणपन्थीका प्रतिनिधि भएको र उनलाई सहयोग गर्न अर्का दक्षिणपन्थी प्रतिनिधि प्रचण्ड र माधव नेपालले साथ दिएको उनले आरोप लगाए ।

एमालेले विधान अधिवेशनबाट नै माधव नेपालको भन्डाफोर गरिसकेकाले अबको १०औं महाधिवेशनले प्रचन्डको भन्डाफोर गर्ने उनले बताए । दक्षिणपन्थीको भन्डाफोर गर्ने अभियान नारायणी नदी किनारबाट सुरु हुने बादलको भनाइ छ ।

एमालेको १०औँ महाधिवेशन चितवनमा ९–१२ मंसिरमा गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..