मुख्यमन्त्री आचार्यले दिए पदबाट राजीनामा
तिहारअघि नै राई मुख्यमन्त्री बन्ने

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार प्रदेश सभामा सम्बोधन गरेपछि पदबाट मार्गप्रशस्त गरेका हुन् ।आचार्यले विश्वासको मतका लागि गत २४ असोजमा प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेका थिए ।

यसअघि ७ कात्तिकमा विश्वासको मत विभाजनका लागि बैठक बोलाइएको थियो । तर, एमाले र कांग्रेसले बैठक स्थगन गर्न निवेदन दिएपछि आज (सोमबार) का लागि बैठक बोलाइएको थियो ।प्रदेश १ मा ९२ सांसद छन् । एमालेसँग सभामुखसहित ४१ सांसद छन् । कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी) का १०, जनता समाजवादीका तीन र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन् ।

राप्रपाको एक सांसद छ ।विश्वासको मत प्राप्त गर्न आचार्यलाई ४७ सांसद आवश्यक पर्छ । तर एमालेसँग ४१ सांसद भएकाले विश्वासको मत पाउन नसक्ने देखिएपछि आचार्यले पदबाट राजीनामा दिएका हुन् ।सम्बोधनका क्रममा उनले आफूले पहिल्यै पनि राजीनामा दिन चाहेको तर जनताका कारण नदिएको उनले दाबी गरे । जनताले अगाडि बढ भनेकाले राजीनामा नदिई बसको उनले बताए । सोमबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री भीम आचार्यले राजीनामाको घोषणा गरेसँगै अब राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका हुन् ।

आचार्य नेकपा एमालेका हुन् भने राई नेकपा (एकीकृत समाजवादी)का हुन् । एमाले विभाजन भएसँगै आचार्य अल्पमतमा परेका थिए । अल्पमतमा परेपछि विश्वासको मत लिन आचार्यले प्रदेशसभामा प्रस्ताव पेस गरेका थिए । तर, बहुमत नपुग्ने भएपछि सोमबार आचार्यले राजीनामाको घोषणा गरेका हुन् ।

उनले राजीनामा घोषणा गरेकाले विश्वासको प्रस्तावमाथि मतदानमा जानु नपर्ने भन्दै २३ कात्तिकसम्मका लागि प्रदेशसभाको बैठक स्थगित गरिएको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए । याे सँगै गठबन्धनले प्रदेश १ का मुख्यमन्त्रीमा राजेन्द्र राईलाई बनाउने भएकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..