काठमाडौँका दुई ठाउँमा लाखौँको चोरी

काठमाडौं । काठमाडौँका दुई स्थानमा लाखौँ बराबरको नगद र सामान चोरी भएको छ । काठमाडौं महानगरपालिका-१३ टंकेश्वर डेरा गरी बस्ने रौतहट राजदेवी नगरपालिका-३ घर भएका ४२ वर्षीय राम प्रसाद श्रीवास्तवको कोठाबाट करिब ३ लाख ३७ हजार रुपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गहना शुक्रबार दिउँसो चोरी भएको छ ।

यसैगरी काठमाडौंकै टोखा नगरपालिका-३ रमाईलो डाँडा बस्ने कुमार शाहको घरबाट १ थान टेलिभिजन र सुनका विभिन्न गहनासमेत गरी करिब ४ लाख ८१ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार राति चोरी भएको छ ।

चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ नजिकको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..