प्रहरी प्रशासनको मिलोमतोमा मिर्जापूर नाकाबाट तस्करी


वीरगंज । अहिले पर्सा जिल्लाको मिर्जापुर, भलुवहीया, टिहुकि, भेडिहर्वा नाकाहरुबाट ईतिहाँसमै नभएको जस्तो पाडा पाडी राँगा तथा भैंसी तस्करी हुँदा समेत सरोकारवाला निकाय कानमा तेल हालेर बस्नुलाई अर्थपूर्ण रुपमा हेर्न थालिएको छ । ई नाकाबाट तस्करी हुन थालेको भैंसी राँगा न पक्राउ पर्नू नरोक्न सक्नु समेत कसैले तस्करीलाई कारवाहीको सिकञ्जा नकस्नुले त्यहाँको नियमन निकाय समेत पैसामा बिकेको पुष्टी हुन थालेको छ ।

सिमानाकामा पर्ने मिर्जापूर बीओपीमा इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरेश लामालाई रकम बुझाउँदै पर्सा जिल्लाको टिहुकि, भेडिहर्वा, मिर्जापुर र भलुवहीया नाकाबाट भैँसी तस्करी भइरहेको छ । यसले भैँसी तस्करीमा प्रहरीकै संलग्नता रहेको पुष्टि गर्छ । अवैध रूपमा गरिने भैँसी निकासीमा सरकारी निकायबाटै प्रतिबन्ध लगाइएको भए पनि तस्करले प्रहरीसँगको मिलेमतोमा सञ्जाल नै बनाएर भारत बाट ल्याएर पहाड सम्म पुर्‍याईरहेका छन् ।

तस्करहरुबाट इन्चार्ज लामाले आफ्नो बीओपीको भाग लिए पनि उनी भन्छन १३ नः गण गणपति राजेन्द्र खड्का सर लाई पनि बुझाउनु पर्छ भनेर उनको नाममा समेत पैसा उठाउने गरिएको नाम नखोल्ने सर्तमा एक भैँसी व्यवसायीले बताए । ‘ मिर्जापुर बीओपीमा पैसा तिर्नैपर्छ,’ नाम नखुलाउने सर्तमा उनले भने, ‘सिमानाका बाटोमा खटिएका डियुटी वालाले समेत पकेट खर्च माग्छन् । हामीले यसरी नै भैँसी ल्याउने गरेका छौँ ।’

सशस्त्र सँगको समन्वयमा सिमानाका कटाएका भैंसी मिर्जापुर र भलुवहीयामा राख्ने गर्छन र नजिकको सम्बँधित वडा जस्तो कि धोबीनी गाउँपालिकाको वडा नः३ हरिहरपुरका वडा अध्यक्ष राजकीशोर प्रसाद कुर्मी र वडा कर्मचारी , र सोही गाउँपालिकाको वडा नः ५ धोबीनीका वडा अध्यक्ष मनवर अहमद र वडा कार्मचारी , छिपहरमाई गाउँपालिकाको वडा नः १ को वडा अध्यक्ष र वडा कार्मचारी लाई समेत पैसाको लोभमा पारेर मिलाएर प्रती भैंसी १ हजार दिएर नेपाली भैंसी स्थानीय कै हो भनेर वडा बाट सम्बँधित ठाउ सन्ठि, झखरा र घुर्मी गाउ सम्म पुर्याउने सिपारिष लिने र त्यो ठाउमा १ /१ गरि भैंसी पुगेपछि जम्मा गरि गाडीमा लोड गरेर नेपालको विभिन्न ठाउ सम्म पठाउने गरेको स्रोतको भनाइ छ ।

तस्करहरूले छिमेकी राष्ट्र भारतको गाउँ–गाउँबाट किनेको भैंसी सिमानाका कटाएर नेपालको पर्सा जिल्लामा पर्ने छिपहरमाई गाउँपालिकाको वडा नः १ मिर्जापुर र भलुवहीया गाउ ल्याएर राख्ने गरेका छन । तर, सशस्त्र प्रहरीले पैसा असुल्दै भैँसी ल्याउन लाईन दिएपछि भने तस्करलाई सहज भएको छ । उनीहरूले उमेर नपुगेका पाडा, दुहुनो भैँसी र राँगासमेत तस्करी गर्ने गरेका छन् । टिहुकि नाका बाट प्रदीप नाम गरेका तस्करलाई पनि सिल प्याक रक्सी र घरेलु चुवाई रक्सीको लाईन ८ हजार बुझी लाईन दिएका छन ।

स्थानीयहरु भन्छन इन्स्पेक्टर लामालाई भैंसी तस्करीको विषयमा हामी कल्ल गरेर भन्छौं भैंसी आउदै छ अनि इन्स्पेक्टर लामा आफू वीरगन्ज या बाहिर भएको नाटक देखाउदै आलटाल गर्छन या मान्छे पठाउदै छु भनेर चासो पनि दीदैन स्थानीयको गुनासो छ । इन्स्पेक्टर लामाले सेट्टिंग मिलाउनको लागि पासवान थर भएका एक जनालाई सादा पोसाकमा घुमुवा पनि खटाएका छन ।

ईन्स्पेक्टर सुरेश लामा पर्सा जिल्लामा ५ वर्ष देखि छन ,उनी बीओपी वीरगंज भन्सार र अलौ बीओपीमा समेत बसेर मिर्जापुर आएका छन। उनलाई तस्करी लाईनको कुरा के थाह छैन उनी यो लाईनमा निकै खेलाडी माहिर मानिन्छन । बीओपी इन्चार्ज इन्स्पेक्टर लामालाई कार्वाही गर्लान कि तान्छन त्यो हेर्न बाकी नै छ /

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..