प्रधानन्यायाधीश राणाले तोके ८ इजलास

काठमाडौं । सर्वोच्च अदालतले बिहीबारका लागि ८ वटा इजलास तोकिएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बिहीबारका लागि आफूसहितका ८ वटा इजलास तोक्नुभएको छ ।
सोमबारदेखि सर्वोच्च अदालतका न्यायाधीशहरुले इजलास बहिष्कार गर्दै आएका छन् ।

सोमबार र मंगलबार प्रधानन्यायाधीश राणाले आफ्ना लागि इजलास गठन गर्नुभएको थिएन । तर बुधबार उहाँले आफ्नो एकल इजलासमा पाँचवटा निवेदनमा सुनुवाइ गर्नुभएको थियो । बिहीबारका लागि पनि उहाँले आफ्नो एकलसहित ८ इजलास तोक्नुभएको हो ।प्रधानन्यायाधीश राणामाथि न्यायिक विचलन, राजनीतिक भागबन्डा तथा भ्रष्टाचारमा संलग्न भएको आरोप छ ।

राजीनामाको माग गर्दै न्यायाधीशहरुले इजलास बहिष्कार गरिरहेका छन् । यस्तै नेपाल बार, सर्वोच्च बार तथा केही पूर्वप्रधानन्यायाधीशहरुले उनको राजीनामा मागेका छन् ।बिहीबारका १६७ मुद्दाको पेशी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..