उद्योगी अनिल रुंगटा पर्सा १ बाट चुनावी प्रतिस्पर्धामा उत्रने तयारीमा

वीरगंज । नेपाली कांग्रेसका नेता तथा वीरगंजका उद्योगी अनिल रुंगटाले अगामी प्रतिनिधि सभाको चुनावमा आफू पर्सा क्षेत्र नं १ बाटै चुनाव लड्ने सम्भावना रहेको बताएका छन्। जिल्ला तहदेखि केन्द्रका नेताहरुसँग अहिलेदेखि नै छलफल भइरहेको र सबैले आफूलाई नै अघि सार्ने आश्वासन दिएको कारण आफ्नो सम्भावना बढेको दाबी गरे।

पर्सा क्षेत्र नं १ मा रुंगटा, अजयकुमार द्विवेदी र राजेन्द्रबहादुर आमात्यको चर्चा चले तपानि अन्य दुई नेताहरुको समर्थन पनि आफुलाई रहेको उनको भनाई थियो। ‘पर्सा पार्टी सभापति द्विवेदी र पूर्व सभापति आमात्यज्यूसँग निरन्तर संवादमा छु,’ उनले भने, ‘उहाँहरुले तपाइँ नै चुनाव लड्नुस् भनेर आग्रह गर्नुभएको छ।’चुनावको पूर्व सन्ध्यामा पार्टीको १४ औं अधिवेशनमा हुने मतभेदको कारण टिकट गुम्ने कुनै खतरा नरहेकोसमेत उनले बताए।

वितेको चुनावमा झिनो मतान्तरले पराजित रुंगटाको कार्यक्षेत्र क्षेत्र नं १ नै रहेनुकासाथै सक्रिय नेता र जनताको वीचमा लोकप्रिय रहेको कारण पार्टीले अन्त्यमा आफूलाई नै विश्वास गर्नेमा विश्वस्त छन् रुंगटा। पार्टी सभापति शेरबहादुर देउवाको निकटतम नेताको रुपमा चिनिने रुंगटाले पार्टीको अधिवेशन पनि छठपछि पर्सामा शान्त र सौहार्द रुपमा सम्पन्ने हुने बताए।पार्टीको अधिवेशनले अगामी चुनावमा कुनै असर नगर्ने उनले ठोकुवा गरे।

‘हामी सबै जना कांग्रेसको गढको रुपमा चिनिने पर्सालाई पुनः कब्जा गर्ने किसिमले केन्द्र र जिल्ला तहका नेता कार्यकर्ता अग्रसर रहेकोले जनतामा उत्साह पनि थपिएको छ,’ उनले भने। अगामी चुनावमा कांग्रेसकै लहर ल्याउन र मतदाताको वास्तविक समस्या सम्बोधन गर्न पार्टी र नेता अग्रसर हुने पार्टीको लक्ष्य रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..