तास, नगद सहित पाँच जना जुवाडे पक्राउ


खोटाङ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ हस्पिटल चौक स्थित हरी जोशीको घरबाट तास, नगद सहित ५ जना जुवाडे पक्राउ गरिएको छ । पक्राउ पर्नेमा खोटाङ साकेला गाऊपालिका ५ का २७ बर्षीय हिराधन राई, साकेला गाऊपालिका २ का २२ बर्षीय सौरब गुरुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ का ३३ बर्षीय बसन्त राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ७ का ३८ बर्षीय टिकाराम राई र उदयपुर कटारी नगरपालिका ११ का २४ बर्षीय खोम बहादुर मगर रहेका छन् ।

आज बिहानको राती १ बजे जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई तास खेलिरहेको अबस्थामा १ बुङ तास, नगद रु. ७१ हजार २० रुपैया सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका पाचै जनालाई कानुन बोमिजक कारबाही तथा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..