डा. केसीले मागे प्रधानन्यायाधीश जबराको राजीनामा


काठमाडौं । सत्याग्रही प्रा. डा. गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागेका छन् ।डा. केसीले सोमबार विज्ञप्ति जारी गर्दै जबरा न्यायिक विचलन, भागवण्डा, सौदाबाजी र भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आरोप लगाएका हुन् ।

न्यायपालिकाको स्वतन्त्रता रक्षाका लागि जबराले तत्काल राजीनामा दिनुपर्ने भन्दै उनले भनेका छन्, ‘तत्काल राजीनामा नदिए उनको पदमुक्तिका लागि आन्दोलनका कार्यक्रम घोषणा गरिनेछ ।’


उनले जबराको पदीय हैसियतको अवज्ञा गर्न समेत सरोकारवालाहरुसँग अपील गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..