सिजी ल्याण्डमार्कको कारोबार उकालो लाग्दै

काठमाडौं। सीजी ल्याण्डमार्कको कारोबार सन् २०२१ मा उकालो लाग्ने भएको छ। होटल चितवन प्रालिको नामबाट भरतपुरमा सञ्चालित सीजी ल्याण्डमार्कले २०२१ मा नौ करोड ७० लाखको कारोबार गर्ने अनुमान गरिएको छ।

सीजी ल्याण्डमार्कले २०२० मा सात करोड ४० लाख रुपैयाँको कारोबार गरेको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ। सन् २०१९ मा कम्पनीले ३० लाख रुपैयाँ हाराहारी कारोबार गरेको थियो। सन् २०१९ मेबाट होटल र अगस्टबाट मल सञ्चालनमा आएको थियो।

कोरोना महामारीका कारण सन् २०२० र २०२१ मा कम्पनीको आम्दानी र अकुपेन्सीमा निकै असर पुगेको इक्रा नेपालले रेटिङमा उल्लेख गरेको छ। सरकारले लगाएको लकडाउनका कारण मलबाट हुने रेन्टल आम्दानी गुमाउनुपरेको बताइएको छ।

कोरोना महामारीका कारण २०१९ देखि २०२१ सम्म होटलको अकुपेन्सी १८ देखि २१ प्रतिशत रहेको उल्लेख गरिएको छ। सन् २०२१ मा मलबाट हुने कुल रेन्टल आम्दानीको जम्मा १३ प्रतिशत उठेको बताइएको छ।

तीन तारे सिजी ल्याण्डमार्कमा ४८ वटा कोठा, व्यापारिक मलसहित ७० वटा रिटेल स्टोर र मल्टिप्लेक्स रहेको छ। एक लाख ८० हजार वर्गफीट बिल्टअप एरिया रहेको यो प्रोपर्टी ‘द फर्न रेसिडेन्सी’ ब्राण्डमा सञ्चालित छ।

बिनोद चौधरीको अन्तर्राष्ट्रिय होटल चेन कन्सेप्ट हस्पिटालिटी प्रालिसँगको फ्रेन्चाइजी सम्झौता पछि उक्त ब्राण्ड सिजी ल्याण्डमार्कमा रहेको प्रोपर्टीमा प्रवेश गरेको बताइएको छ।

कम्पनीमा निर्बाण चौधरीको ५४% , सारिका चौधरीको ३.७% र अपोलो क्यापिटल इन्भेष्टमेन्ट प्रालि (पहिला अपोलो स्टील्स इन्डष्ट्रिज प्रालि) को ४२.३% सेयर स्वामित्व रहेको छ।

कम्पनीले ९७ करोड ७६ लाख रुपैयाँ ऋणका लागि इक्रा नेपालबाट रेटिङ गराएको हो। जसका लागि कम्पनीले विभिन्न शीर्षकको ऋणका लागि इक्रा एनपी एल डबल बी माइनस र एनपी ए फोर रेटिङ पाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..