एमालेको वडाध्यक्ष बनेका सापकोटाले भने, ‘म माओवादी केन्द्रमै छु’

सिन्धुपाल्चोक । नेकपा (एमाले) को शनिबार ६ हजारभन्दा बढी वडामा अधिवेशन भयो । अधिवेशनमा फरक दलका नेताहरूलाई समेत कमिटीमा राखिएको पाइएको छ ।सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ मा नेकपा (माओवादी केन्द्र) का कार्यकर्ता रुद्रप्रसाद सापकोटा एमालेको वडा अध्यक्ष चयन भएका छन् ।

उनले शनिबार नै एक वक्तव्य जारी गर्दै एमालेका जिम्मेवार व्यक्तिहरूले आफूलाई बोलाएर काम छ भनी वडाध्यक्ष बनाएको दाबी गरेका छन् ।एमालेमा आफ्नो आस्था नरहेको भन्दै उनले उक्त पद अस्वीकार गरेका छन् ।

उनले माओवादी केन्द्रको सदस्यता यसअघि नै नवीकरण गरेको पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..