प्रधानमन्त्री देउवा आज पूर्वी नेपालका बाढी प्रभावित क्षेत्रको निरीक्षणमा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आज (आइतबार) पूर्वी नेपालको भ्रमणमा जाँदै हुनुहुन्छ । पूर्वका बाढी–पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न उहाँको टोली त्यतातर्फ जान लागेको हो ।

यसअघि सुदूरपश्चिम क्षेत्रका बाढी प्रभावित जिल्लाको भ्रमण गरेर फर्किएका प्रधानमन्त्री देउवाको टोली आज पूर्व जान लागेको हो । नेपाली सेनाको हेलिकप्टरबाट उहाँको टोली पूर्वका सुनसरी, मोरङ, इलाम, पाँचथर लगायत जिल्लाका बाढी–पहिरो प्रभावित क्षेत्रमा जाने कार्यक्रम रहेको छ ।

यसैगरी प्रधानमन्त्रीे इलाम र पाँचथरको सिमानामा पर्ने राँके बजारमा पनि पुग्नुहुनेछ । त्यहाँ दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतसँग बाढी–पहिरोले पुर्याएको क्षति तथा राहतबारे संयुक्त छलफल गर्ने कार्यक्रम रहेको प्रधामन्त्रीको सचिवालयले जनाएको छ ।

उक्त टोलीमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा–जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवालगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..