पाकिस्तानमा पैगम्बर मोहम्मदको गरिएको अपमान प्रति इत्तेहाद नेपाल द्वारा विरोध

कृष्णनगर । इत्तेहाद नेपाल कपिलवस्तु संस्थाले पाकिस्तानको फैसलाबाद स्थित टाइम सिरोमिक्स लिमिटेड कंपनीले उत्पादन गर्ने टायलमा पैगम्बर मोहम्मदको नामको अगाडि त्यहाँ काम गर्ने चिनियाँ नागरिक हरूले पीबीयुएच शब्द थपे पछि विवाद सुरू भएको अवस्थाको समाचार माध्यम तथा सामाजिक संजालमा आएको हुदाँ चिनियाँ नागरिक हरूले गरेको पैगम्बर मोहम्मदको अपमानको घोर निंदा तथा विरोध गरिएको प्रेस विज्ञप्ति इत्तेहाद नेपाल कपिलवस्तुले निकालेको छ ।

उक्त प्रेस विज्ञप्तिमा चाइनाको विस्तारवादी नीतिको बिरोध गर्दै चाइनामा उइगर मुस्लिम माथीको दमनको समेत बिरोध गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
साथै अब पैगम्बर मोहम्मद सहबको अपमान गर्ने कुनै पनि प्रकारको कार्य सहन नहुने समेत इत्तेहाद नेपाल कपिलवस्तु का अध्यक्ष किफायतुल्ला खां को हस्ताक्षरित प्रेस विज्ञप्ति मार्फत ध्यानाकर्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..