विद्युत प्राधिकरण कर्मचारी संघको १२ औं महाधिवेशनबाट अध्यक्षमा जनार्दन भट्टराई निर्वाचित

काठमाडौं। नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको अध्यक्षमा पुनः जनार्दन भट्टराई निर्वाचित भएका छन्। संघको शनिबार सम्पन्न १२ औं महाधिवेशनमा भट्टराई २२४ मत ल्याइ बिजयी भएका हुन्।

उनका प्रतिद्वन्दीहरुमध्ये प्रमिला ढुङ्गानाले ८०, इन्द्र प्रसाद न्यौपानेले ४५ र उमेश कुमार शाहले ३३ मत ल्याएका छन्।

संघको सह अध्यक्षमा टंकप्रसाद अधिकारी, वरिष्ठ उपाध्यक्ष (खुला) मा खिमेन्द्र बुढाथोकी, पुष्पराज भट्टराई र राजेन्द्र थापा विजयी भएका छन्।

वरिष्ठ उपाध्यक्षमै महिलातर्फ सुजना काफ्ले, मधेशीतर्फ नरेश कुमार चोरवार र आदिबासी जनजातितर्फ भीमप्रसाद गनगाई विजयी भएका छन्। उपाध्यक्षमा भने नवराज कडरिया र सबिन कार्की विजयी भएका छन्।

त्यस्तै महासचिवमा धिमन्तराज न्यौपाने, उपमहासचिवमा श्रीराम सापकोटा र कोषाध्यक्षमा लक्ष्मी पराजुली निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..