जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा अटोमोबाईल एसेम्बलिङ्ग उद्योग स्थापना गर्न आग्रह गर्नु भएको छ ।धनुषाको ढल्केबरमा आयोजित जानकी अटोमोबाईल एशोसिएसनको प्रथम बार्षिक साधारणसभा लाई उद्घाटन गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेश २ सरकार उद्योग एन ल्याई सकेको उल्लेख गर्नु हुँदै उद्योग सञ्चालन गर्न आग्रह गर्नु भएको हो ।
उहाँले भन्नू भयो , तपाईं हरु उद्योग सञ्चालनको तयारी थाल्नु होस , बाताबरण निर्माण गर्ने जिम्मा हाम्रो छ । थप एन कानुन चाहिए सुझाब दिनु होस , हामी ल्याउछौ ।
मुलुकको आर्थिक समृद्धि एव रोजगारीको क्षेत्रमा महत्त्वपूर्ण भुमिका निर्बाह गर्दै आएको अटोमोबाईल क्षेत्र प्रति केन्द्रिय सरकारको धारणा सकारात्मक नहुनु दु:खद रहेको उल्लेख गर्नु हुदै मुख्यमन्त्री राउतले प्रदेश सरकार को तर्फ बाट हुन सक्ने सम्पूर्ण बाताबरण बनाउन तयार रहेको प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
बिलाशिता भन्दा पनि उपयोग बस्तुको रुपमा परिणत हुँदै गएको अटो मोबाइल क्षेत्र को भविष्य उज्ज्वल रहेको उहाँको कथन थियो ।जानकी अटोमोबाइल एशोसिएसन अफ नेपालको अध्यक्ष तेजनारायण साहको अध्यक्षतामा भएको उद्घाटन सत्रमा नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलाल, मिथिला नपाका प्रमुख हरिनारायण महतो सहित का बक्ताहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो ।


