सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी हिरा बहादुर पाण्डेले जिल्लामा आए देखि सिमा नाका तर्फ कडा निगरानी बढाएका छ्न।
भन्सार छली गरि ल्याएको करिब पाँच लाख मूल्य बराबरको अवैद्य समान प्रहरीले पक्राउ गरेको छ ।शुक्रबार दिउँसो करिब ३ः०० बजेको समयमा सिरहाको बरियारपट्टि गाउँपालिका वडा नम्बर १ नर्गी चोकस्थितबाट २ लाख ४० हजार मूल्य बराबरको अवैद्य मोबाइल पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहा र प्रहरी चौकी कचनारी सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मोबाईलको एलटीई किप्याड नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीलाई देख्न साथ टाउकोमा बोकी ल्याएको ४ वटा कार्टुन फालेर मानिस फरार भएपछि उक्त कार्टुन भित्र खालेर हेर्दा २ लाख ४० हजार मूल्य बराबरको आटिईएल कि प्याड (सानो) मोवाईल नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय ठाडी सिरहामा बुझाईएको हो ।
फरार रहेको मानिसलाई खोजतलास कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डिएसपी सुभाष बुढाथोकीले जानकारी दिए ।सोही क्रममा शनिबार दिउँसो करिब १२ बजेको समयमा सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर २ स्थितमा ईलाका प्रहरी कार्यालय बन्दिपुर सिरहाबाट खटिएको प्रहरी टोलीले २ लाख ४७ हजार मूल्य बराबरको अबैध समान पक्राउ गरेको हो ।
चेक जाँच गर्ने क्रममा प्र. २–०२ ००१ च ००९२ नं. को म्याजिकमा हारपिक १३ कार्टुन, निर २ कार्टुन, फिनेल ८ कार्टुन, तारपिन तेल ४ कार्टुन गरी जम्मा मुल्य रु. ४७,५००।– र म्याजिकको मुल्य रु. २,००,०००।– गरी जम्मा मुल्य रु. २,४७,५०० मूल्य बराबरको सामान सहित सवारी साधन नियन्त्रणमा लिएको हो ।समान सहित सवारीलाई समेत भन्सार कार्यालय पठाउने तयारी गरिएको र चालक फरार रहेकोमा खोजतलास कार्य भईरहेको डिएसपी बुढाथोकीले जानकारी दिए ।


