चीनले भन्यो : नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने हाम्रो उद्देश्य छैन

एजेन्सी । चीनले अन्य मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने आफुहरुको उद्देश्य नभएको बताएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ् यीले ​नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र विकास मोडेललाई निर्यात गर्ने आफ्नो नियत नरहेको बताएका हुन्।

बेइजिङस्थित नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेसँगको बिदाई भेटमा वाङ्ले भने, हामीहरु कुनै पनि मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अथवा आफ्नो विकासको मोडल निर्यात गर्न चाहँदैनौँ, बरु नेपाल र नेपालजस्ता मुलुकसँग अनुभव साझा गर्ने र बलियो सम्बन्ध आदानप्रदान गर्ने उद्देश्य रहेको छ ।

नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेसँगको बिदाइ भेटमा चिनियाँ विदेशमन्त्री वाङ यीले यी कुरा बताएको सीजीटीएनले जनाएको छ ।

विदेशमन्त्री यीले चीन—नेपाल सम्बन्धको वर्तमान अवस्थाप्रति र त्यसको लागि नेपाली राजदूत पाण्डेले खेलेको भुमिकाको विषयमा सन्तुष्टि ब्यक्त गर्दै प्रशंसा समेत गरे ।

यीले चीन(नेपाल सम्बन्ध सधै राम्रो हुँदै आएको भन्दै द्विपक्षीय सम्बन्धमा नयाँ उपलब्धी हासिल गर्न मिलेर काम गर्नुपर्ने बताएका छन् । साथै, उनले क्षेत्रीय शान्ति, स्थिरता र समृद्धि कायम गर्न दुवै देश मिलेर काम गर्नुपर्ने बताए ।

स्वदेश फर्कनुअघि राजदूत पाण्डेले विदेशमन्त्री यीलाई भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..