श्रमजीवीका पक्षमा काम गर्न श्रममन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नतिजा देखिने गरी काम गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयमा जानकारी लिएपछि कर्मचारीलाई निर्देशन दिँदै उहाँले आफू श्रमजीवीका पक्षमा काम गर्न जिम्मेवारीमा आएकाले त्यसका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।

श्रम गर्ने श्रमिकको हकहित, रोजगार सिर्जना तथा रोजगारीमा रहेकाको सामाजिक सुरक्षाका निम्ति काम गर्ने र त्यसमा कर्मचारीका तर्फबाट सहयोगको अपेक्षा गरेको मन्त्री श्रेष्ठको भनाइ थियो ।

कार्यक्रममा मन्त्रालयका सहसचिव डन्डुराज घिमिरेले श्रममन्त्री श्रेष्ठलाई मन्त्रालयका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा मन्त्रालयका विभिन्न महाशाखाका प्रमुखको उपस्थिति थियो ।


यसैबीच श्रममन्त्री श्रेष्ठलाई तेक्वान्दो महासङ्घले सम्मान गरेको छ । महासङ्घका अध्यक्ष प्रकाश शम्शेर जङ्गबहादुर राणाले उहाँलाई सम्मान गर्नुभयो । यसैगरी आज नै वैदेशिक रोजगार व्यवसायी महासङ्घका अध्यक्ष कमल तामाङलगायतले मन्त्रालयमा पुगेर श्रममन्त्री श्रेष्ठलाई बधाई ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..