प्रहरी अस्पतालकी कार्यकारी निर्देशक आशा सिंहमाथि अनुसन्धान


काठमाडौं । प्रहरी अस्पतालकी कार्यकारी निर्देशक डा. आशा सिंहमाथि अनियमितताको आरोप लागेको छ। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी अस्पताल महाराजगन्जमा आर्थिक अनियमितता भएको आशंकामा एआईजी डा. आशा सिंहमाथि अनुसन्धान अघि बढाएको हो ।


एआइजी सिंहमाथि कोभिड १९को उपचारका लागि आवश्यक सामग्री खरिदमा अनियमितता गरेको आरोपमा अनुसन्धान गर्न नेपाल प्रहरीले पाँच सदस्यीय अनुसन्धान समिति बनाएको छ। एआइजी विश्वराज पोखरेलको अध्यक्षतामा बनाइएको समितिले अनुसन्धान गरी प्रतिवेदन बुझाएपछि कारबाही प्रक्रिया अघि बढ्ने प्रहरी स्रोतले जनाएको छ।

अनुसन्धान टोलीमा डीआईजी वसन्त लामा, एसएसपीद्वय भीम ढकाल, पूजा सिंह तथा डीएसपी ज्ञानेन्द्र बस्नेत सदस्य रहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..