पार्टीबाट गएका मन्त्रीहरूको देखिने गरी काम हुनेछ : मन्त्री श्रेष्ठ


बुटवल । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले तिहारलगत्तै सरकारले कामको गति बढाउने बताएका छन् । उनले अहिले मन्त्रालयको कार्ययोजना बनाउने काममा ब्यस्त भएको भन्दै तिहारलगत्तै गति बढ्ने बताएका हुन् ।

नेकपा एकीकृत समाजवादी रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले भने, ‘हाम्रो पार्टीबाट गएका मन्त्रीहरूको देखिने गरी काम हुनेछ ।’
मन्त्री श्रेष्ठले कोरोना महामारीका कारण बैदेशिक रोजगारीमा गएका नेपालीहरुले भोगेका समस्या समाधानका लागि कुटनीतिक पहल गरिरहेको समेत बताए । उनले सामाजिक सुरक्षा कोष कार्यान्वयनमा देखिएको समस्या, श्रम कार्यालयहरुलाई दिने सेवालाई छिटो छरितो बनाउने, श्रम सम्झौता भएका देशहरुसँग परापर्श गर्ने लगायतका काम भइरहेको पनि दावी गरे ।


मन्त्री श्रेष्ठले नेपालका लाखौं श्रमिकहरुलाई मध्यनजर गरेर श्रमिक अस्पताल बनाउने पनि बताए । वैदेशिक रोजगारीमा जानेहरुलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउने प्रवन्ध मिलाउने पनि उनको भनाइ छ ।


मन्त्री श्रेष्ठले बुधबार बुटवलस्थित श्रम कार्यालयको समेत अवलोकन गरेका छन् । उनले कार्यालयको भौतिक संरचनाको अभाव र थोरै संख्यामा मात्रै पुन: श्रम स्वीकृतिको काम हुँदै आएकाले त्यसलाई चुस्त बनाउने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..