बाढीपहिरोमा सेनाको उद्धार कार्य जारी

काठमाडौं । केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरोबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धारको कार्य जारी राखेको छ।

सैनिक जनसम्पर्क निर्देशनालयले एक विज्ञप्ति जारी गर्दै बाढीपहिरोमा नेपाली सेनाले गरिरहेको खोज र उद्धारका बारेमा जानकारी गराएको छ।

सेनाले महाकाली नदीमा आएको बाढीका कारण कञ्चनपुरको भीमदत्त नगरापालिका-९ स्थित ब्रम्हदेव क्षेत्रमा पाँच जनाको हवाई उद्धार गरेको जनाएको छ। त्यस्तै महाकाली नगरपालिका-८, ९ र १० तथा भीमदत्त नगरपालिका-११ र १२ मा स्थानीयवासी तथा खाद्यान्नलगायतका सामग्रीहरु सुरक्षित स्थानमा सारिएको जनाएको छ।

कर्णाली नदीमा आएको बाढीका कारण कालिकोट जिल्लास्थित लालिघाट र जितेगडा बजार इलाकामा रहेका केही पसलमा क्षति पुगेकोले पसलमा रहेका सामग्रीहरु सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहयोग गरेको सेनाले जनाएको छ।

त्यस्तै सोही ठाउँको महाबै गाँउपालिका-७ राम्नी इलाकामा पहिरोका कारण एक घर पुरिएको तथा करिब ६० घरधुरीका २५० देखि ३०० जना स्थानीय जोखिममा रहेको हुँदा उद्धार कार्यमा परिचालन भएको सेनाले जनाएको छ।

डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका-१ स्थित भातकाडा इलाकामा पहिरोका कारणले स्थानीय ब्यक्तिहरुको घर पुरिएको स्थानमा पनि उद्धार गरेको छ।

कैलालीको टीकापुर नगरपालिकामा कर्णाली नदीले तीव्ररुपमा कटान सुरु गरेकोले उक्त नगरपालिकाका-५, ६, ७ र ८ का साथै भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका अधिकांश स्थानहरु डुबानको उच्च जोखिममा रहेको हुँदा कटानलाई तत्काल रोक्न तटबन्ध मर्मत तथा उद्धार कार्य गरेको छ। बर्दियाको राजापुर नगरपालिका-१, २ र ३ का डुबानबाट प्रभावित इलाकाहरुमा उद्धार कार्य गरिएको सेनाले जनाएको छ।

डोटीको दीपायल सिलगढी नगरपालिका-४, ५ र ६ मा पहिरो तथा अविरल बर्षाका कारण स्थानीयवासीको घर भत्किएको हुँदा पुरिएका घरहरुमा रहेका खाद्यान्न, लताकपडालगायत अन्य सामानहरु सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

सुनसरीको इटहरी उपमहानगरपालिका, तरहरा, पानीपिया इलाकामा बस्ती डुबानमा परी स्थानीय व्यक्ति फसेको हुँदा फसेका पाँच जनाको सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारिएको सेनाले जनाएको छ।

यस्नै मोरङको विराटनगर महानगरपालिका-५ हिरियाटोल डुबानमा परेको हुँदा करिब ५० जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। पाँचथरको फिदिम नगरपालिका-४, जोरसाल इलाकामा पहिरोका कारण एक घर पुरिँदा मृत्यु भएका दुई जना मृतकको शव निकाल्न सहयोग गरिएको सेनाले जनाएको छ।

त्यस्तै धनकुटाको चौबीसे गाउँपालिका-१ मा पहिरोका कारण एक घर पुरिँदा चार जना बेपत्ता भएकामध्ये तीन जनाको सकुशल उद्धार गरी बाँकी एक जनाको खोजी कार्य भइरहेको सेनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..