सिके राउतको जनमत पार्टीले जनकपुर खानेपानी संस्थानका हाकिमलाई अर्धनग्न गरी बजार घुमायो

आलोक यादव / जनकपुरधाम । ढल निर्माणमा अनियमितता भएको भन्दै जनमत पार्टीका कार्यकर्ताहरुले नेपाल खानेपानी संस्थान जनकपुरका निमित्त प्रमुखलाई अर्धनग्न गरी जनकपुर बजार घुमाएका छन् ।

जनमत पार्टीका नेता कार्यकर्ताहरुले नेपाल खानेपानी संस्थान जनकपुरधामका निमित्त प्रमुख राजेश्वर कुश्वाहालाई कुटपीट गर्दै नगर परिक्रमा गराएका हुन् ।

जनकपुरधामको रामानन्द चोकस्थित रहेको सो कार्यालय लाठी सहित पुगेका जनतम पार्टीका दर्जनौँ कार्यकर्ताहरुले निमित्त प्रमुख कुश्वाहालाई जबरजस्ती कार्यालयबाट बाहिर निकालेर कुटपीट गर्दै नगर परिक्रमा गराएका थिए ।

उनीहरुले निमित्त प्रमुख कुशवाहकाको कपडा च्यातेर अर्धनग्न बनाइ हिलो दलि अर्धनग्न गर्दै घुमाएका हुन् ।जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ स्थित ढल निकासको लागि पटक पटक लिखित र मौखिक गुनासो गर्दा समेत ध्यान नदिएकाले जनकारबाही गरिएको जनमत पार्टीले जनाएको छ ।

जनमत पार्टीका नेता कार्यकर्ताहरुले साइकल चोर देश छोड्, भ्रष्ट मेयर चाहिदैन लगायतका नाराहरु समेत लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..