प्रदेश २ का किसानको लागी विशेष राहत प्याकेज उपलब्ध गराउन मुख्यमन्त्री राउतको मांग


जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले बाढी पीडित प्रदेश २का किसानहरुको लागी विशेष राहत प्याकेज उपलब्ध गराउन मांग गर्नु भएको छ ।राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा मुख्यमन्त्री राउतले पछिल्लो समयमा भएको अविरल वर्षा र त्यसले निम्त्याएको बाढीका कारण प्रदेश २को धानवालीमा व्यापक क्षति भएको उल्लेख गर्नु हुँदै विशेष राहत प्याकेज उपलब्ध गराउन संघीय सरकारलाई आग्रह गर्नु भएको हो ।


पछिल्लो बाढीले देशै भरि ठूलो क्षति भएपछि संघ सरकारले क्षति व्यवस्थापनका लागी प्राधिकरणको बैठक बोलाएको थियो ।बैठकमा मुख्यमन्त्री राउतले धान भित्र्याउने बेलामा आएको बाढीले धान बाली नष्ट हुनुका साथै अन्यबालीमा समेत असर परेको उल्लेख गर्नु हुँदै संघ सरकारले प्रदेश २को किसानहरुको लागी विशेष प्याकेज घोषणा गर्नु पर्ने धारणा राख्नु भयो ।

प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा भएको उक्त बैठकमा सात वटै प्रदेशका मुख्यमन्त्री , प्रमुख सचिव लगायतको उपस्थिति रहेको थियो ।पछिल्लो बाढीले धानबालीमा पु¥याएको क्षतिका कारण प्रदेश २का किसानहरु सबै भन्दा बढी समस्यामा परेका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..