अनुदानस्वरुप चीनले नेपाललाई थप २० लाख डोज कोरोनाविरूद्धको खोप दिने

काठमाडौं । छिमेकी राष्ट्र चीनले नेपाललाई थप २० लाख डोज कोरोना विरूद्धको खोप दिने घोषणा गरेको छ । मंगलबार परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको टेलिफोन संवादमा यीले थप २० लाख डोज कोरोना विरूद्धको खोप अनुदानमा दिने प्रतिबद्धता जनाएका हुन्।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति नै निकालेर विदेशमन्त्री यीले थप २० लाख डोज खोप दिने प्रतिवद्धता जनाएको जानकारी दिएको छ।

दुईबीचमा तातोपानी नाका खुलाउने र सँगै मिलेर कोरोनाविरुद्ध लड्नेलगायत विषयमा कुराकानी भएको बताइएको छ । टेलिफोन संवादपछि परराष्ट्र मन्त्री खड्काले विदेशमन्त्री यीलाई धन्यबादसमेत दिए ।

दुईबीचमा एक घन्टा टेलिफोनमा कुराकानी भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..