हुम्लामा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु, २ जना बेपत्ता

हुम्ला । वर्षासँगै आएको पहिरोले घर पुरिँदा खार्पुनाथ–५ खर्पेलगाउँमा खार्पुनाथ–५ खर्पेलगाउँमा ४ जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।

मंगलबार राति गएको पहिरोले खर्पेलगाउँस्थित बिचदउडाका धनबिरे शाहीको घर पुरिएको हो । रातिको समय भएकाले उद्धारमा कठिनाइ भएको र बुधबार बिहान संयुक्त सुरक्षा टोलील उद्धार गर्दा ४ जना मृत अवस्थामा भेटिएको हो ।

पहिरोले पुरिएर कलबहादुर शाहीकी श्रीमती आसा शाही, ५ र ३ वर्षीय २ छोरासहित ४ जनाको मृत्यु भएको छ । धनबिरे शाही र १४ वर्षीइ छोरा अलेन्द्र शाहीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी हेरम्ब शर्माले बताए ।

पुरिएको घरको गोठमा रहेका गाईगोरुलाई भने जिवितै उद्धार गरिएको डिएसपी शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..