विराटनगरमा ५ सय परिवार विस्थापित

विराटनगर । निरन्तर वर्षाका कारण विराटनगरको अधिकाशं भाग डुवानमा परेको छ । सिंघिया खोला र केसलिया खोला वस्तिमा पसेपछि विराटनगर डुुवानमा परेको हो ।विराटनगरमा ५ सय परिवार विस्थापित भएका छन् । उनिहरु स्थानीय विद्यालयमा वसेका छन् । विराटनगर विमानस्थलमा डुुवान भएपछि हवाइ उडान अवरोध भएको छ । नेपाल विधुत प्राधिकरण दुहवी ग्रिडमा बाढी पसेपछि गए रातिदेखि विराटनगरको विधुत अवरुद्ध भएको छ ।

विराटनगर वितरण केन्द्रमार्फत वितरण हुने सवै ग्रिडमा एकैपटक विधुत अवरुद्ध भएको छ । विराटनगर वितरण केन्द्रले ४ वटा सव स्टेसनको २५ ग्रिडमार्फत विधुत आपूर्ति गर्दै आएको छ । टंकीसिनवारी , रानी , बाँसबारीको भट्टीपुल र कटहरी सब स्टेसनबाट २५ ग्रिडमा विराटनगर , कटहरी ग्रामथान,बुढीगंगार जहदामा प्रसारण लाइन एकै पटक अवरोध भएको छ । बर्ष रोकिए पछि मात्र विद्युत आपूर्ति हुने वितरण केन्द्रले जनाएको छ ।


दुुई दिनदेखि परेको वर्षाका कारण कटान र डुवान भएपनि मोरङमा मानविय क्षति भने नभएको जिल्ला प्रहरीकार्यालय मोरङका एसपी जनार्दन जिसीले जानकारी दिनुभयो ।मोरङमा केसलीया, सिङ्घिया, चिसाङ, बक्राहा र नुनसरी खोला बस्तीमा पसेका छन् । कति विस्थापित भए र कति क्षति भयो भन्ने विवरण संकलन कार्य जारी रहेको एसपी जिसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..