रामरहिम सहित पाँच जनालाई जन्मकैद सजाय सुनाइयो

नयाँदिल्ली । सच्चा सौदाका प्रमुख बाबा गुरमित रामरहिम सिंहसहित अन्य पाँच जनालाई भारतस्थित पन्चकुलको विशेष अदालतले जन्मकैदको सजाय सुनाएको छ ।

रन्जित सिंह हत्याकाण्डमा दोषी ठहरिएका रामरहिमसहित अन्य पाँचलाई सोमबार करिब १९ वर्षपछि जन्मकैदको सजाय सुनाएको हो । आफूलाई ‘गडफादर’ भनेर चिनाउने बाबा रामरहिमले १९ वर्षअघि अर्थात् सन् २००२ मा आफ्ना म्यानेजर रञ्जित सिंहको ह’त्या गर्ने षड्यन्त्र रचेका थिए ।

भारतको अनुसन्धान केन्द्र सिबिआईले रामरहिमलाई फाँसीको सजाय दिन माग गरेको थियो । यद्यपि, अदालतले सोमबार उनलाई जन्मकैद सुनाउने अन्तिम निर्णय गरेको छ। जन्मकैदको सजायसँगै रामरहिमलाई अदालतले ३१ लाख भारतीय रुपैयाँ जरिवाना सुनाएको छ ।

उनले अब ५० प्रतिशत जरिवाना तिर्नुपर्छ । बाँकी दोषीहरुलाई पचास हजार रुपैयाँ जरिवाना गरिएको छ । जरिवानाको आधा रकम पीडित परिवारलाई दिइनेछ ।यसअघि बलात्कारको सजायसमेत भोगका गुरमित रामरहिम सिंहलाई अदालतले ह’त्यामा संलग्न भएको भन्दै अक्टोबर ८ मा दोषी ठहर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..