भारतले बाँधका सबै ढोका बन्द गरेपछि कर्णालीमा विकराल अवस्था

काठमाडौं । कर्णाली नदीमा निर्माण गरिएको भारतको गिरिजापुरी बाँधका सबै ढोका बन्द गरिएपछि राजापुर क्षेत्रमा विकराल अवस्था सृजना भएको छ । भारतले बाँधको ढोका बन्द गरेकै कारण बाढी पसेको गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले बताएका छन् ।

५५ वटामध्ये अधिकांश ढोका बन्द गरेका कारण कर्णालीको बाढी बस्तीमा पसेको उनले जानकारी दिए ।२०४० सालमा भारतले ढोका बन्द गर्दा ठूलो धनजनको क्षति भएको थियो । प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बाँधका ढोका खुलाउन सशस्त्र प्रहरी निरीक्षकको टोली त्यसतर्फ पठाएको जनाए ।

ढोका खोल्ने पहल भइरहेको प्रजिअ सुनारले जनाए । यसैगरी बबईमा ५ दशमलव ५ मिटरमाथि बगे पनि स्थिर रहेको छ पहाडी र तराई क्षेत्रमा वर्षा नरोकिएकोले बाढीको जोखिम उच्च छ ।

तीन दिनदेखि परेको अविरल वर्षाले कर्णाली नदीमा आएको बाढीले सय बढी घर डुबानमा परेको छ । डुबानले राजापुर—१ टिहुनीबाट पसेको बाढीले यस भेगका करिब सय घर डुबानमा परेको राजापुर नपाका मेयर शिवप्रसाद चौधरीले बताए ।

पानीको सतह बढी रहेकोले यस भेगका बासिन्दालाई सुरक्षित स्थानमा जान स्थानीय प्रशासनले आग्रह गरेको छ । गेरुवा गाउँपालिकाको वडा नम्बर २ र ३ का ६० घर परिवार घर छाडेर बाढीबाट सुरक्षित रहन बनाइएका आश्रयस्थल पुगेका छन् । सनकट्टी, चनौरा, वनकट्टीलगायतका गाउँमा बाढी पसेको अध्यक्ष केसीले बताए ।

कर्णालीमा जलस्तर ११ दशमलव ५० मिटर नाघेकोले दर्जनौँ गाउँ डुबानको जोखिममा परेको छ । कात्तिक महिनामा बाढी आएको यो पहिलो पटक भएको स्थानीय बुढापाकाले बताएका छन् । तटीय क्षेत्रका बासिन्दाका खाद्यान्न,लत्ताकपडा,नागरिकता, जग्गाधनी पुर्जालगायत सम्पूर्ण सामान सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षित स्थानमा सारिरहेका छन् ।

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयका कर्मचारी धनजनको सुरक्षाका लागि मंगलवार बिहानबाट परिचालन गरिएको छ,’ उनले भने, ‘उद्धार कार्यका लागि सेनाको हेलिकोप्टर तैनाथ गर्न गृह मन्त्रालयसँग समन्वय भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..