भारतको जम्मु–कश्मीर मुठभेड : २२ जना मारिए

नयाँदिल्ली । भारतको केन्द्र शासित प्रदेश जम्मु–कश्मीरमा जारी मुठभेडमा ९ भारतीय सेनासहित २२ जना मारिएका छन्।त्यहाँ सोमबारदेखि सेना र आतंकवादी समूहबीच मुठभेड जारी छ।

मारिनेहरुमा भारतीय सेनाबाहेक १३ आतंकवादीहरु रहेको बताइएको छ। भारतीय सेनाले गत सोमबार सरनकोटको एक गाउँबाट आतंकवादी समूहविरुद्ध अपरेसन सुरु गरेको थियो। अपरेसनको पहिलो दिनमै सेनाका एकजना जुनियर अफिसरसहित ५ जना मारिएका थिए।

सेनाको अभियानको दोस्रो दिनपछि फेरि दोहोरो गोली हानाहान भयो र थप दुई जवान मारिएका थिए।भारतीय सञ्चारमाध्यमका अनुसार अहिले पनि सेना र आतंकवादी समूहबीच पुँछ र राजौरीको घना जंगलमा मुठभेड जारी रहेको छ।

कश्मीरको कुलमागमा आइतबार दुई जना गैरकश्मीरी नागरिकको गोली हानेर हत्यासमेत भएको छ।आतंकवादी समूहले त्यस क्षेत्रमा सक्रियता बढाएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..