प्रहरीले सर्वोच्चलाई लेख्यो झुटो जवाफ


काठमाडौं । रुवी खानलाई काठमाडौंको माइतीघरबाट नियन्त्रणमा लिएर नेपालगञ्ज पुर्‍याएको नेपाल प्रहरीले सर्वोच्च अदालतमा भने झुटो जवाफ पठाएको छ ।प्रहरी वृत्त लैनचौरले रुबी खानलाई हाल महानगरीय प्रहरी वृत्त सिंहदरबारमा बुझाएको भनी सर्वोच्च अदालतमा लिखित जवाफ पठाएको हो ।

यसअघि आइतबार बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपककुमार कार्कीको इजलासले रुवीलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन आदेश दिएको थियो ।

तर सोमबार प्रहरीले रुवीलाई अदालतमा पेश गरेन । त्यसपछि सर्वोच्चले महानगरीय प्रहरी वृत्त सिंहदरवारका नाममा म्याद काटेको छ । शाखा अधिकृत सुदीप पोखरेलले काटेको पत्रमा २४ घण्टाभित्र लिखित जवाफसहित खानलाई उपस्थित गराउन निर्देशन दिइएको छ ।


नेपालगञ्जका दुई महिलाको शंकास्पद मृत्युबारे अनुसन्धान गर्न दबाब दिँदै काठमाडौंसम्म पैदलयात्रा गर्ने टिममा रहेकी रुवी शुक्रबार काठमाडौंको माइतीघरबाट पक्राउ परेकी थिइन् ।


उनलाई प्रहरीले नेपालगञ्ज नै पुर्‍याएको बताएको छ । पुरानो मुद्दामा उनीविरुद्ध उच्च अदालतले पक्राउ पूर्जी जारी गरेकाले उनलाई नेपालगञ्ज पठाएको शनिबार गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..