विभिन्न पार्टी परित्याग गरेको सयौ नेता कार्यकर्ता जसपामा मुख्यमन्त्री राउतले गरे स्वागत


जनकपुरधाम। विभिन्न पार्टी परित्याग गरेका सयौ नेता कार्यकर्ता आज जनता समाजवादी पार्टी नेपालमा प्रवे्श गरेका छन । धनुषा जिल्लाको हंसपुर नपा वडा नं. ४ मणिपट्टीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेस र नेकपा एमाले परित्याग गरेका करिब ३ सय जना जसपामा प्रवेश गरेका हुन ।


नव प्रवेशीहरुलाई गम्छा र माला लगाई स्वागत गर्नु हुँदै मुख्यमन्त्री लालबाबु राउतले उत्पीडित वर्गको उत्थानका लागी जसपा सदैब अडिग रहने विश्वास दिलाउनु भयो । मुख्यमन्त्री राउतले संघीयताको जननी रहेको प्रदेश २लाई बदनाम गराउन र अन्नतः संघीयतालाई नै धरापमा पार्न विभिन्न तत्वहरुले चलखेल गरि रहेको उल्लेख गर्नु हुँदै त्यस्ता तत्वहरुलाई परास्त आम जनतालाई सचेत हुनु पर्ने बताउनु भयो ।


स्थानीय नेता फिरोज मंसुरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रिय सदस्य हरिनारायण यादव, अरुणसिंह मण्डल, दीपक कार्की, प्रदेश सभा सदस्य राम अशिष यादव, जिल्ला अध्यक्ष पशुपति यादव, बौद्धिक पेशाकर्मीका उपाध्यक्ष जितेन्द्र यादव, युवा अध्यक्ष दिपे्न्द्र कापडी , नगर अध्यक्ष रामनारायण कापडी सहितको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..