सशस्त्र प्रहरी भिखमपुरद्वारा १० किलो चरस समेत दुई दुई जना पक्राउ

पर्सा । सशस्त्र प्रहरी बल बोर्डर अाउट पोस्ट भिखमपुरको टोलीले पर्साको जगरनाथपुर गाउँपालिका वडा नं २ जानकिटोला दसौता सीमा नाका क्षेत्र बाट लागू अौषध चरस समेत दुई जना तस्कर पक्राउ परेका छन।


गस्तीमा रहेको सशस्त्र प्रहरी बल बोर्डर अाउट पोस्ट भिखमपुरका सशस्त्र प्रहरी निरिक्षक राजाराम बस्नेतको नेतृत्वमा रहेको गस्ती टोलीले आज बिहान जानकिटोला को दसौता बाट चेकजाँच गर्दा मोटरसाईकल मा रहेको लागू अौषध चरस समेत दुई जना लाई पक्राउ गरेको हो ।

पक्राउ गरिएको चरस २० पैकेट अाधि किलो को दर ले १० किलो ग्रराम चरस रहेको प्रहरीले जनाएका छन। तस्कर हरुले नेपाल बाट मोटरसाइकल मा झोला मा लिएर भारत को ईनार्वा बजार तरफ लगिरहेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोली ले पक्राउ गरेका छन।

चरस सहित पक्राउ पर्ने मा जिराभवानी गाउँपालिका वडा नं ३ हरैया बस्ने सुकदेव माझी मुस्हर, को छोरा १८ वर्षिय सुनिल माझी र हरैया निवासी तबाही माझी मुस्हर को १६ वर्षिय छोरा किसन माझी रहेको प्रहरी ले जनाएका छन। चरस समेत पक्राउ परेको मोटरसाइकल भारतिय नम्बर बिअार २२ एक्स २७३८ नम्बर को मोटरसाईकिल रहेको हो।

पक्राउ परेका मोटरसाइकल ,चरस सहित को दुई जना चरस तस्कर हरु लाई थप अनुसंधान को लागी सशस्त्र प्रहरी बल वि अो पी भिखमपुर ले ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको सशस्त्र प्रहरी नायब उपरिक्षक निर्मल थापा ले जानकारी दिनु भएको हो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..