ट्राफिक प्रहरीको नयाँ कार्यालय भवन

झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नयाँ भवन निर्माण भएको छ । प्रदेश नम्बर १ सरकारको आर्थिक सहयोगमा अढाइ तले पक्की भवन रु एक करोड ८८ लाख ८५ हजार ५७७ को लागतमा निर्माण भएको हो ।


विर्तामोड नगरपालिका–५ मा ट्राफिक प्रहरी कार्यालयको नाममै रहेको छ कट्ठा जग्गामा सो भवन बनेको हो । सो जग्गा सडक विभागको यान्त्रिक कार्यालयको थियो । यान्त्रिक कार्यालय हटेसँगै ट्राफिक प्रहरीको नाममा लालपुर्जा आएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक निशेष चापागाईले बताए । विसं २०७६ जेठ ९ गते शृङ्खला निर्माण सेवा प्रालि नुवाकोटसँग सम्झौता गर्दै ट्राफिक प्रहरीका लागि भवन निर्माण अघि बढाइएको थियो ।

हाल बिर्तामोडस्थित मुक्ति चोक उत्तर सानो र साँघुरो घरबाट ट्राफिक प्रहरीले सेवा दिँदै आएको छ । सो भवनको तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शिलान्यास गरेका थिए ।आधुनिक र सुविधा सम्पन्न ट्राफिक प्रहरीको भवन निर्माण गर्ने उद्देश्यअनुसार अहिले जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण सम्पन्न भएको हो ।

भवन निर्माण प्रदेश १ सरकारको आर्थिक सहयोगमा सम्पन्न भए पनि कम्पाण्ड वाल भने स्थानीयवासी, व्यापारी, व्यवसायीको आर्थिक सहयोगमा निर्माण भइरहेको प्र नि चापागाईले बताए । निर्माण सेवा कम्पनीले दसैँअघि नै ट्राफिक प्रहरी कार्यालयलाई भवन हस्तान्तरण गर्ने योजना रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..