दशैंमा उपत्यका छाड्नेभन्दा भित्रिने यात्रुको संख्या धेरै

काठमाडौं । यस वर्ष दशैं मनाउन काठमाडौं उपत्यका छाडेर घर जाने यात्रु घटेका छन् । दशैं नजिकिए पनि उपत्यका छाड्नेभन्दा भित्रिने यात्रुको संख्या बढी देखिएको छ ।

मानिसमा कोभिड महामारीको त्रास अझै रहेको र चाडपर्वको उत्साह पनि घटेकाले दशैं मनाउन घर जाने यात्रुको संख्यामा कमी आएको बताइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपलब्ध गराएको तथ्यांक अनुसार असोज १५ गते ६ हजार ५०० सवारीसाधनबाट २ लाख २७ हजार ५०० यात्रु उपत्यका छाडेर बाहिरिएका छन् भने सोही दिन ६ हजार ८०० सवारीसाधनमा २ लाख ३८ हजार यात्रु उपत्यका भित्रिएका छन् ।

यस दिन उपत्यका बाहिरिने भन्दा भित्रिने यात्रुको संख्या १० हजार ५०० बढी छ । महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दासले मानिसमा कोरोना महामारीको त्रास बाँकी नै रहेकाले अघिल्ला वर्षको तुलनामा यस वर्ष दशैं मनाउन घर फर्कने यात्रु कम रहेको बताए । उनका अनुसार असोज १४ गते पनि उपत्यका बाहिरिनेभन्दा भित्रिने यात्रुको संख्या धेरै थियो ।

सरकारले असोज ११ गतेदेखि लामो दूरीका यात्रुवाहक सवारीसाधनमा २८ प्रतिशत भाडा बढाएर अग्रिम टिकट बुकिङ खुला गरिसकेको छ । यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले असोज १ देखि ११ गतेसम्म उपत्यका छाडेर जाने यात्रु ३ लाख हाराहारीमा मात्र रहेको बताए । उनका अनुसार अहिले पनि उपत्यका भित्रिने भन्दा बाहिरिने यात्रु कम छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..